• भिड के हो ?
  • भिडमा को पछि हिड्ने मन्छे लाइ किन भेडा भनिन्छ ?
  • तिमि भिडको लागि कि भिड तिम्रो लागि ?


# भिड

प्रेम पागलपन हो।   तर जसले प्रेमलाई बुझ्न पाए उनीहरुका लागी प्रेम बाहेक दोस्रो कुनै समझ्दारिता रहेन। जसले प्रेम जानेनन हुनिहरुका नागी प्रेम पागलपन हो। जसले प्रेमको स्वाद कहिले लिएका छैन्न।  उनीहरुको लागि धन पागलपन होइन, पद पागलपन होइन तर प्रेम पागलपन हो।  जसले प्रेम चाख्यो उनीहरुका लागि धन पागलपन हो, पद पागलपन हो।  सबै पागलपन हो प्रेम बाहेक।  तर मान्छेहरूले ठिकै भन्छन। मान्छेले भन्ने नै आफ्नै हिसाब अनुसार नै त् हो।  तिम्रो हिसाब अनुसार कसरि भनुन ? उनीहरुलाई लाग्छ कि तिमि डगमगायौ।  किनकी उनीहरुलाई लाग्न थाल्यो उनिहरू जसरि हिडिरहेका छन् अब तिमि तेसरी हिडन छोडी सक्यौ। तिमीले आफुले हिडने ढङ्ग बद्लिदियौ अब तिमि यसैमा आनन्दित छौ माग्न छौ।  अब मान्छेहरु लाइ लाग्न थाल्नेछ तिमि बे ढङ्ग ले हिड्दै छौ।

        भिड चाहन्छ, तिमि भिड संग सहमत हौ।  भिड तिमीलाई स्वतन्त्रता दिन चाहदैन।  भिडले ब्याक्तिको हत्या गरिदिन्छ, व्यक्तिलाइ बिल्कुल मेटाइदिन ।  भिड गुलामी  चाहनछ।  फेरि त्यो भिड हिन्दु होस, मुस्लिम होस, इसाई होस, जैन होस्, यो संघको होस् त्यो संघको होस् केहि फरक पर्दैन।  भिडको एउतै कला छ।  भिड तिमीले आफै बनाएको प्रतिमा मेटाइदिन चाहन्छ।  तिमि तिमि जस्तो नहोउ, तिमि भित्र तिमि होइन भिड बसोस। तिमि भाषा बोल, भिडको बोलि बोलिदॆउ, भिडको सिद्दान्त मान, भिडको शास्त्र दोहोर्याउ, भिड जे भन्छ त्यहि गर, भिड जसरि हिड्छ, त्यसरी नै तिमि हिड। भिड मन्दिर गए मन्दिर जाउ, भिड मस्जिद गए मस्जिद जाउ, भिडले मस्जिदमा आगो लगाए तिमि पनि मस्जिदमा आगो लगाउ, भिडले मन्दिरको मुर्ति तोडे तिमिपानी मुर्ति तोड। भिडले जे गर्छ तिमि पनि त्यहि गर गर।  

        यहा मान्छेहरु पमी भिडमा सम्मेलित हुनका लागि बढो उत्सुक छन्। कारणहरू धेरै छन।  एक तिमि जति भिडमा रहन्छौ त्यति नै तिम्रो चिन्ता र चिन्तन कम हुदै जान्छ। तिम्रो जिम्मेवारी  र उत्तर दाइत्त्वको भाब बिस्तारै हराउदै जान्छ। मनोबैज्ञानिक हरू भन्दछन, “भिडले बाट जति पाप हुन् सक्छ त्यति पाप व्यक्ति बाट कहिले हुन् सक्दैन।  मान कि कुनै भिडले मन्दिरमा आगो लगायो, वा मस्जिद भात्क्कयो, यो भत्काउने, आगोलगाउने भिडको प्रत्यक व्यक्तिलाई छुट्टा छुट्टै गरि सोध्यो भने, भन्ने छ, ” त्यो म बाट हुनै सक्तैन, कसरि भयो भन्न नै सकिन्न।  बस के गरि भयो भयो।  अनि उसलाई सोध के तिमि यो एक्लैले गर्न सक्थ्यौ ? उ हड्बडाउने छ।  पक्कै पनि उ एक्लै ले गर्न सक्दैन।  एक्लै हुदा मान्छेमा थोरै भएपनि उत्तर दाइत्व को भाव हुन्छ।  तर जब उ भिडमा हुन्छ तब उ भित्रको उत्तर दाइत्व र   जिम्मेवारी पल हराउदै हराउदै जान्छ। अब उसलाई लाग्न थाल्छ, यतिधेरै मान्छेको जमातले गरिरहेका छन, पक्कै पनि ठिकै त् गरिरहेका होलान ! यति धेरैले गरिरहेका छन त्   कुनै जिम्मेवारी रहदैन।  यदि मन्दिर भ्त्काइयो भने यसकोउअ  जिम्मेवारी म एक्लै होइन यो त भिडले गरेको हो। मैले मात्र गरे भन्ने त सवाल्नै रहदैन।  म त् केवल भिडमा मात्र सामेल थिए।  जलाउने त् अरुनै थिय। याद रख्नु भिडको हरेक मान्छेले यहि सोचिरहेको हुन्छ। जे तिमि सोच्दै छौ। “जलाउने त भिड थियो म त भिडमा सामेल मात्र थिय।  

        हिजों लाइ हेरौ,भिड बाट जति ठुला अपराध भएको छन  त्यति अपराध कुनै व्यक्ति बाट भएको छैन।  जहिले पनि ठुला असल्ली अपराध भिड बाटै भएका छन।  व्यक्ति भिडमा जोडियो भने उसलाई सरलता मिल्छ।  अपराध पर्बृति लाइ सुबिधा मिल्छ।  किनकि भिडको सह्योग ले गरेको अपराध पुण्य हुन्छ।  कुनै अपराध तिमि एक्लैले गर; तिम्रो मनमा उल्झन पैदा हुन्छ, आत्म जागरणमा चोट पुग्छ, दागहरू बस्छन। तर त्यहि अपराध भिडमा सामेल भएर गर आत्म जागरणको कुनै चिन्ता लिनुपर्दैन।  भिडमा तिम्रो आत्म जागरण लै एकातिर राख्न सकिन्च्छ।  भिडमा तिमि भित्रको जनावर लाइ बाहिर निस्कन सुबिधा हुन्छ। भिडमा तिमि मनबता वाट टाडा हुदै जान्छौ, आफु भित्रको जनावर संग नजिक।  

        तिमि एक्लै हुदा आफ्नो अन्तर्मनको नजिक हुछौ, तिमि जति आफ्नो अन्तर्मन को नजिक हुन्छौ त्यति नै  विचार, त्यति नै विचार, त्यति नै आत्म जागरण भएको हुन्छ।  त्यतिबेला एकएक कदम सोचेर उठाउने छौ। आफैलाइ सोध्ने छौ, ” के म यो मन्दिर जल्नुमा जिम्मेवार छु ? के यो दुध पिरहेको बच्चालाई मारु ? यसले के बिगार गरेको छ ? यसलाई त् यो पनि थाहा छैन कि यो हिन्दु हो कि,मुसलवान जैन हो कि शिख। तिमि एक्लै कुनै पाप गर्न गयौ, भने तिमीले यो सोच्छौ नै।  तिमि मात्र होइन, ठुलो भन्दा ठुलो अपराधी पनि सोच्छ।  तर तिमीले भिड संग मिलेर पाप गर्यौ भने पाप पुण्य भै सक्छ।  साझा घर गाएर आनन्दले निश्चिन्त भएर निदाउन सक्छौ।  भिडले तिम्रो कर्म प्रतिको उत्तर दाइत्व र जिम्मेवारी बाट तिमीलाई मुक्त गरिदिन्छ।  

        जुन मान्छेले हिरोशिमा मा एटम बम खसालेर पाच मिनेटमै एकलाख मान्छेक खरानी बनाएको थियो।  त्यो  साझा घर फर्किएर निश्चिन्त भएर सुत्यो।  यो नसोच्नु कि त्यो कुनै दानब जस्तो मान्छे थियो।  त्यो मान्छे ठिक तिमि जस्तै थियो।   परिवार थियो, छोरा छोरी थिए, आमा, बुवा थिए।  त्यस आघि सम्म त्यो महा हत्यारा होला भनेर कसैले सोचेको सम्म थिएन। जब बिहान भयो तब पत्रकारले उसलाई सोधे, लाखौ मानिस मारेर तिमीलाई कस्तो अनुभब हुदै छ ? तब उसले भन्छ,म ” यसमा सवाल गर्नु पर्ने कुनै कुरै छैन। मैले त् केवल माथिको आज्ञा पालन गरेको हु।  माथिको आदेश थियो त्यसलाई पुरा गरेर म आएर आनन्दले सुते। 

        अब प्रश्न सुरु हुन्छ आज्ञा कसले दियो ? यसको जिम्मेवारी को थियो ? ट्र्मेन प्रेसिडेंट थियो त्यतिबेला जब एटम बम खसलिएको थियो।  जब उसलाई यहि कुरा सोधियो उसले भन्यो,, ” यसमा मा म के गर्न सक्छु।  यो त् मेरा  जर्नेलहरु ले सल्लहा दिएका थिए।  यसै भनेर उ पनि निश्चिन्त भएर सुत्यो।  उसलाई आफ्नो कुनै जिम्मेवारी को भान भएन। फेरि यहि कुरा उसका जर्नेल संग सोधियो उनीहरुले भने, ” रास्ट्र पतिको आज्ञा थियो यसमा हामि के गर्न सक्छौ ?” 

        जब भिड बाट केहि कुरा हुन्छ तब त्यसको जिम्मवारी कोहि पनि हुदैनन।  हरेक दोस्रो कोहीलाई जिम्मेवारी टल्दिन्छन। म जिम्मेवार छु, कोहि भन्दैन। 

        जसले तो बम बनाएका थिए तिनीहरुले पनि जिम्मेवारी लिन सक्दैन्।  उनीहरुभन्छन , “हामि त केवल विज्ञानको खोज गरेका हौ।  हामीले तिमीहरु मान्छे मार भनेर बम बनाएको थिएनौ।  उनीहरु पनि आफ्नो जिम्म्वारिको अनुभब गर्न सकदैनन।  निश्चित छ त्यहा बम खसालियो, निश्चित छ, बम बनाइयो, निश्चित छ, कसैको आदेशले गरियो यो पनि निश्चित छ।  तर यसमा यतिधेरै भिड छ कि यसमा हरकोहीले,हर कोहीलाई टाल्न सक्छ।  कोहि जिम्मेवार देखिदैनन्।  

        भिडमा सामेल हुन चाहने को जमात निक्कै ठुलो छ।  किनकि भिड,  आफु,आफ्नो आत्मा लाइ बिर्सेर; आफु भित्रको जनावर लाइ बाहिर निक्कलने सजिलो उपाय हो।   अनि भिड पनि यहि चाहन्छ कि, तिमि भिडमा सामेल हौ।  किनकि भिडको बल भनेकै सख्या हो। जब तिमि एक्लै हिडन  सक्छौ तब तिमि व्यक्ति हुन्छौ ।   यसको मतलब हो तिमीलाई आत्म साक्षात्कार छ।  यतिबेला तिमिमा आत्म जागरण भएको हुन्छ।  अब तिमि  त्यहि गर्छौ, जे तिमीलाई ठिक लाग्छ। यसैले होइन कि भिडले ठिक भनेको छ।  अब तिमि आफ्नो निर्णय आफै लिरहेको हुन्छु। हो यतिबेला मात्र तिमि आफ्नो पाप पुण्य को लागि स्वयं जिम्मेवार छौ।  कसैमा टल्दैनौ हो यतिबेला अब भिड लाग्न थाल्नेछ तिमि पागल भैरहेको छौ।  बे ढङ्गमा बाच्दै छौ।  अब तिमि र भिडको दुरी बढ्दै जानेछ।  भिड यजन गर्छ तिमि भजन गर्छौ। ठुलो फरक पर्दै जानेछ।  अब भिड भन्न थाल्नेछ, ” यहा आइज, यहाँ सत्यनारायणको पुजा हुदै। तर तिमि भन्नेछौ,म ” होइन, सत्यनारायण को कथामा तेस्तो के छ र ! किनकि तिमीलाई थाहा छ त्यो, त्यो कथा सुनाउने  मान्छे लाइ नै सत्यनारायण थाहा छैन। त्यसमा सत्यनारायण कहा छन ? थाहा छ तिमीलाई, कथा सत्यनारायण को सुनाइदै छ तर त्यहाँ सत्यनारायण छैनन्। कुरा सत्यको हुदै छ तर सत्य संग लिनु दिनु नै छैन मात्र कथा सुन्नु सुनाउनु संग मतलब छ। 

        तिमि सायद मन्दिर गएनौ, किनकि तिमीले त्यहा देख्यौ, एक पेशागत पुजारी र पुजारीले पुजा कसरि गर्छ। तिमि मस्जिद गएनौ किनकि तिमीले त्यहा केहि पनि देखेनौ, कुनै प्रतिमा छैन। कुनै आधार छैन। तेसो भए जहाँ, तिमि जहा शिर झुकाएर हात जोड्छौ त्यहि मस्जिद भयो।  

        एउटा फकिर जिन्दगि भर मस्जिद गैरहयो। हर नियमहरू सिद्दत संग पुरा गर्थ्यो। दिनमा पाच चोटी नमाज पड्थ्यो। अरु मान्छेहरूले पनि सोच्न छोड्दिदिएका थिए कि उ मस्जिद नएको  कुनै दिन हुनेछैन। कहिले काही भने उ बिरामी भएर उठ्नै नसक्दा भने एक दुइ दिन छुट्थ्यो। अर्को गाउमा मस्जिद जान नछुटोस  भनेर उ गाउ सम्म छोडेर बाहिर  जादैनथ्यो। एकदिन भने अचम्म भयो। गाउका मान्छेले उ मस्जिद नआएको थाहा पाए ! मान्छेहरु हैरान थिए। मान्छेहरु सोच्न थाले हिजो साझ सम्म त् आएको थियो, ठिक ठाक थियो।  बिरामी पनि पक्कै भएन होला।  बरु उनीहरुलाई संका हुन् थाल्यो, बुढो थियो कतै मरेन भनेर संका गर्न थाले तत्काल त्यो गौलेको जमात त्यो बुढाको घर तिर गए।  जब गाउलेहरु बुढाको घरमा पुगे उनीहरु झनै हैरान परे।  उनीहरुले त्यहा देखे, बुढो घरको छेउकै सानो रुखको मुनि डमरु बजाउदै गित गाइरहेको थियो।  बुद्धको हर्कत देखेर गाउलेको जमात भन्न थाल्यो, ” बुढेस कालमा नास्तिक भएछ, बे ढङ्गको बाटोमा हिडेछ, कु बुद्धिले घेरेछ। गाउलेको सम्बोधन सुनेर फकिर  हासो अनि भन्न थाल्यो जब सम्म म अज्ञानी थिए, जम मलाइ आत्म   साक्षात्कार थिएन जब सम्म जहा भिड जम्मा हुन्थ्यो त्यहि जान्थे, तब सम्म मस्जिद जान्थे, अब थाहा भैसक्यो परमात्मा सबै ठाउमा छन।  अब त् कहाँ जानु, कहा नजानु जहाँ परमात्मा छन त्यहि गित गाउनेछु। हरेक गित नमाज हो। बस अब भिड स्वुकार छैन। तर अन्तमा भिडले “बुढेसकालमा सट्केछ। 

        भिडले भनेछ तिमि पागल भयौ।  तिम्रो रंग ढंग भिडले बुझ्न सक्नेछैन। पागलपन भन्ने छ। कबिर लाइ पनि पग्ल भनेकै थियो, क्राइस्ट लाइ पनि पागल भनेको थियो, बुद्धलाई पनि पागल भनेकै थिए।  भिडले सधै यहि भनिरहेकै छ। तिमि भाग्यशाली हौ भिडले तिमीलाई पनि भन्दै छ।  यसलाई कदापि कस्ट नसम्झनु।  यो भिडको तर्फा बाट उपहार हो।  किनकि तिमि आफु आत्म साक्षात्कार को बाटो मा हिड्न सकेको छौ भिडको बाटोमा होइन । 

Neplan malla .

writer / author / publisher.

published : 15 July 2020

Leave a Reply

web devlopear & Graphic designer