The vulture and the little girl.

यस तस्बिरलाई “The vulture and the little girl ” नाम दिइएको थियो । यो तस्बिरमा एक गिद्ध भोकले मर्न लागेको सानी बच्चीको मृत्यु को प्रतीक्षा गरिरहेको छ । यो तस्बिर एक साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टर ले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेको थियो । र त्यस बापत उनले पुलित्जर पुरस्कारबाट सम्मानित पनि भएको थियो । तर कार्टरले त्यस सम्मानको आनन्द केही दिन मात्र लिन पाए । किनकी, केही महिनापछि ३३ वर्षको उमेरमा उनले आत्माहत्या गरे ।  

निसन्देह उसले जब पुरस्कार बाट सम्मानित भएर खुसीयाली मनाउँदै थिए, सारा दुनियाँमा प्रमुख च्यानल, सञ्चार माध्यममा चर्चा भइरहेको थियो। जब उसलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो की- `त्यसपछि त्यो बच्चीको के भयो ?´ कार्टरले भन्यो – म त्यहाँ रोकिइनँ ! किनकी उसलाई फ्लाईट पकड्नु थियो । त्यस कुरामा उक्त व्यक्तिले भन्यो `म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थियो जसमध्ये एकको हातमा क्यामेरा थियो।´ उक्त कथनले कार्टरलाई यति विचलित बनायो की, अन्त्यमा अवसादमा पुगे र आत्मा हत्या गरे ।  

त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नु भन्दा पहिले मानवता जगाउनुपर्छ । कार्टर आजपनि जीवित रहन्थे यदि उसले बच्चीलाई उठाएर युनाइटेड नेशन्सको फिडिङ सेन्टर पुर्याएको भए , जहाँ पुग्नको लागि बच्ची कोशिस गरिरहेको थिइन् ।  

त्यसैले जब कुनै मौका पर्छ यस्तो परिस्थितिमा फोटो खिच्नको सट्टा मदत गर्ने कोसिस गर्नुस् ।  

अचेल फोटो खिच्ने अनि कसैले Help गरिदिए भन्ने चलन निकै आएको छ । विशेषगरी पोर्ट्लतिर देखिन्छ Please do something भन्दै लेखिएको हुन्छ, तर आफै कहिले-केही गरेको हुँदैन । यस्तो परिस्थितिमा पनि यदि कसैले केही नगरे, के होला भन्ने बारेमा सोच्न आवस्यक छ ।

Neplan malla .

writer / author / publisher.

published : 01 October 2020

Leave a Reply

web devlopear & Graphic designer