# खबर

यो  

अनिँदो रात सँगै बसी  

तिमी, तिम्रो  

बिम्ब,प्रतिबीम्ब  

अनि  

प्रत्येक हावाका झोक्काले  

मेरो मनको धरातलमा  

ल्याएर थुपारिदिएका  

तिम्रा भावहरू  

केलाउँदै निस्फीक्री  

म  

तिम्रै  

परिभाषित  

केही अपरिभाषित  

खबरहरू पिएर  

खुसीले  

लगाम विहिन घोडा भै  

अनिँदो आकाश ओढी  

म शून्य सरी  

सुनसान बस्तिमा  

तिमी संगै  

चुपचाप,शान्त,बेहिसाब,बेखबर  

भै मात्तिएर  

बिना सूचित  

म  

मनाई रहे छु  

आफ्नै मौन धरातलमा  

उन्मुक्त खुसीको साँझ

Neplan malla .

writer / author / publisher.

published : 1 April 2019

Leave a Reply

web devlopear & Graphic designer