#धर्म – दर्शन 

यो प्रश्न होइन कि कुन कुरा कति वर्ष देखि दोहोर्‍यएका छन् । यहाँ कति पय कुराहरू यत्ति पुराना छन् कि ! जसको इतिहास हजारौँ वर्ष पुरानो छ । पृथ्वी लाई हजारौँ वर्ष देखि गोलो मानिँदैनथ्यो; चेप्टो मानिन्थ्यो । एउटा पुरानो कुरा :- एउटा मान्छेले भन्यो “पृथ्वी गोलो छ, च्याप्टो छैन” तर मान्छे हरूले भनिदिए; “यस्तो कुरा नभन तत्काल माफी माग हजारौँ वर्ष देखि जे मानिँदै आएको छ, त्यही सत्य हो”। फाँसी दिने धम्की दिएर त्यसलाई मजबुर गरियो, अदालतमा लगेर माफी माग्न लगाइयाे। बिचरा बुढो मान्छे थियो; जसले यो कुरा भनेको थियो। सत्तरी वर्ष उमेर भैसकेको थियो उसको।  उसलाई घिसार्दै राजधानी सम्म लगेर कोटमा घुँडा टेकाएर भन्न लगाइयो, भन “मैले यो झुटो बाेलेको हु”। सबै मान्छेले मfन्छन, बाइबल सम्म मा लेखिएको छ, धर्ती चेप्टो छ; भने त को होस् धर्ती गोलो छ भन्ने ? बाइबल भगवानकाे छोराको किताब हो; त्यसमा कसरी झुट हुन्छ ? बिचरा बुढो मान्छेले माफी माग्यो ! तर माफी माग्दा एउटा साँचो कुरा फुत्किहाल्यो । उसले भन्यो, “हे परमात्मा ! म माफी माग्छु धर्ती चेप्टो छ गोलो छैन तर मैले भनेर-नभनेर के हुन्छ र ! जे छ त्यो त हुन्छ नै।”

हजारौँ वर्ष देखि हामीलाई लाग्थ्यो; सूर्यले पृथ्वी  को चक्कर लगाउँछ। यही कुरामा कसैले पहिलो चोटि भन्यो, “होइन सूर्य ले पृथ्वी  को चक्कर लगाउँदैन पृथ्वीले स्वयं सूर्यको चक्कर लगाउँछ ।” अरें यो त अचम्म नै भो !,अति भो हामीले भनिदियौ, “यो हुनै सक्दैन, होइन।”  हजारौँ वर्ष देखि जुन कुरा मानिँदै आएको छ; त्यो कसरी गलत हुन सक्छ ? हामी दैनिक देख्छौ सूर्य उदाएको,अस्ताएको तर हामीले जस्तो-तसाे जानिन, मानिम; जमिनले सूर्य को चक्कर लगाउँछ । जति नै हजारौँ वर्ष देखि यो कुरा भनिएको होस्, मानिएको होस् केही फरक पर्दैन । जब मान्दथ्यौ, तब पनि जमिन सूर्य कै चक्कर लगाउँथ्यो ! अहिले पनि लगाउँछ। यस्तो कहिले थिएन; “हामीले  मान्दा लगाउने, हामीले नमान्दा नलगाउने।” हाम्रो मान्यताले सत्य कहिले बद्लिँदैन; सत्य जहिले सत्य नै हुन्छ । सत्य जहिले पनि आफ्नै ठाउँमा छ; केवल हामी मात्र आफ्नो गलत मान्यताले अँधेरोमा भड्किन्छौ। गलत कुराको पूजा गर्न पुग्छौ । जब हाम्रो बोध स्पष्ट हुन्छ; तब मात्र सत्यता हाम्रो अगाडी देखिन्छ। सत्य हाम्रो मान्यता बाट कहिले प्रभावित हुँदैन; तर हाम्रो मान्यताले हामीलाई प्रभावित गरिदिन्छ; अनि हामीलाई अँधेरोमा धकेलिन्छाै।

आफ्नो बिचार र मान्यता बाट मुक्त भएर; परम्परा र रुढीवाद बाट माथि उठाउन जरुरी छ । यदि कसैले जान्न चाहन्छ, सत्यको बोध गर्नु छ भने; “भूत-भगवान्, आत्मा-परमात्माका नाममा मानेका,बनाएका मान्यता छोड्न जरुरी छ ! त्यसपछि आफ्नो चित्त निष्पक्ष होस्, विचार पूर्ण होस्,जागरूक होस्,अन्धो नहोस्, विश्वासी नहोस्, विवेकी होस् ।

अहिले सम्म भनिँदै आएको छ; “विश्वास धर्म हो। तर, म भन्छु “विश्वास अधर्म हो । विश्वास धर्म होइन, विचार हो धर्म, विवेक हो धर्म ।”

विश्वास लाई धर्म भनियो; त्यसैले विज्ञानको तुलनामा धर्म पछाडि छुट्यो । किनकि बिचार विज्ञान हो, विश्वास होइन। यसैले विज्ञान फैलिँदै गयो; धर्म साँघुरो हुँदै गयो । अहिले विश्वास साना-साना ताल हरूमा विभाजित छ । हिन्दुको ताल, मुस्लिमको ताल, इसाईको ताल, जैनको ताल । अब धर्म सागर रहेन’ साना साना तलाउ भयो। सबैलाई थाहा छ; तलाउ धेरै समय रहँदैन बिस्तारै सुक्दै जान्छन्, खुम्चिँदै जान्छन्। हिन्दु, मुस्लिम, इसाई, सबैका ताल सुक्दै छन्, दिनहुँ झगडा, हत्या हिंसा भइरहेका छन् । हामीलाई धर्मको सागर चाहिएको हो ! साना-साना तलाउ होइन, धर्म चाहियो ! हिन्दु,इसाई,मुसलमान चाहिएको होइन । यिनै छरिएका साना-साना तलाउले समुन्द्र बन्न मुस्किल परिरहेको छ। धर्मका यी साना तलाउ तब सम्म रहनेछन् जब सम्म विश्वास हुनेछ तर जुन दिन विचार हुनेछ, विवेक हुनेछ; त्यो दिन दुनियाँमा यति धेरै धर्म को आवश्यकता रहने छैन । किन ? यसैले कि ! कतै हिन्दुको केमेस्ट्री अलग, मुसल वानको केमेस्ट्री अलग, जैन को अलग; मुसल वानको गणित अलग , इसाईको गणित अलग यस्तो हुन्छ-हुन् सक्छ। के ? अब हामी भनौ कि ! हामी मुसल वान हौ; हाम्रो गणित हिन्दुको जस्तो बनाउन सक्दैनौ; हिन्दु आफ्नो गणित अलग बनाऊ; दुई-दुई पाँच बनाऊ, हामी दुई-दुही चार बनाउँछौ अथवा तिन बनाउँछौ। तिमी हिन्दु, हामी मुसल वान हाम्रो गणित कसरी एकै हुन् सक्छ ?  तर यस्तो होइन गणित जहाँ-जहिले पनि सारा दुनियाँमा एक छ । तर आज भन्दा पाँच सय वर्ष अगाडी दुनियाँको गणित अलग-अलग थियो । हिन्दुस्तानमा जैनको गणित अलग थियो, हिन्दुको गणित अलग थियो। कस्तो पागलपनको कुरा गणित अलग-अलग कसरी हुनसक्छ ?

तर बिचारले खोज गर्‍यो; विवेकले खोज गर्‍यो; विश्वव्यापी नियम पत्ता लग्यो आज दुनियाँको गणित एकैनास छ । कोही कम्युनिस्ट मुलुकमा बसोस् या कोही अमेरिकामा बसोस्, चाहे कोही चिन,इन्डिया, नेपालमा रहोस् गणित एकैनास छ । आज गणित ! विचार र विवेकले संसार भरि एकनास हुन् सक्यो ।

धर्म अनेक किन छन् ? जब कि धर्तीको कानुन एक छन्, पदार्थका नियम एक छन् भने झनै आत्माका नियम अनेक-अनेक कसरी हुन सक्छन् ? जब सामान्य तरलका नियम विश्वव्यापी छन् भने परमात्माका नियम कसरी अलग हुन्छन् ? आत्माका नियम पनि विश्वव्यापी छन् । मात्र हाम्रो विश्वास को कारण ती नियमहरूलाई खोज्न असमर्थ मात्र छौ। विश्वास ले हामीलाई खोज गर्न रोक्छ; भनिदिन्छ यही सत्य हो । त्यसैले सत्यको खोजी हुन् पाउँदैन । जब सम्म धर्म साना-साना टुक्रामा विभाजित छन्; तब सम्म धर्म हुन् सक्दैन । आज यिनै विभाजित मान्छेहरू चिच्याउँदै भन्छन, “धर्म नष्ट हुँदै छ ।” वास्तवमा ! यिनै धर्मका हत्यारा हुन् । यिनै मान्छेहरू भन्छन्; “दुनियाँ बाट धर्म सकिँदै छ।” समाप्त कसरी नहोस, ! विश्वास मा टिकेको धर्म । तर के विचार बाट धर्म खडा हुन् सक्छ ? म भन्छु हुन्छ । बिचारमा धर्म खडा हुन् सक्छ । जसले पनि धर्म जानेका छन; बुद्धले, महावीरले,क्राइस्ट ले, महमदले, रामले, कृष्णले उनीहरूले विश्वासमा जानेका छैनन्; आफ्नो खोज, आफ्नो विवेक, आफ्नो जागरण ले जानेका छन् । दुनियाँमा जब,जब धर्म

जानिएको छ तब; वैचारिक खोजले जानिएको छ; अन्धो विश्वासले होइन। यसैले म भन्छु, “चाहे जति नै मान्छेले जानेका किन नहुन, जति नै हजार वर्ष देखि मानेका किन नहुन, यही कुरा मान्नु हुँदैन, हजारौँ वर्ष देखि मानेको हो भनेर यो नै साँचो हो भन्ने छैन । आफ्नै विचार होस्,विवेक होस्, खोज होस् अनि बोध होस् । म यो पनि भनिरहेको छैन कि ! “त्यो  मानिएको कुरा जरुर झुट नै हो । म त यो भन्दै छु तपाइको यो जान्ने र मान्ने तरिका गलत छ ।” आफै खोज्नुहोस्, बुझ्नुहोस्, जान्नु होस अनि विचार गर्नुहोस्;  त्यसपछि तपाईँलाई जुन कुराको बोध हुन्छ त्यसले जीवनलाई बदलिदिनेछ ।  तर जब सम्म हामी खोजी नै गर्दैनौ,बिचार गर्दैनौ; त्यति बेला सम्म हामी अँधेरो मा नै छौ । दृष्टि हुँदाहुँदै अन्धो जसरी हिँड्नु आत्माको सबै भन्दा ठुलो अपमान हो ।

मनुष्य हुनुको पहिलो सर्त : आफ्नो चेतना र विवेक प्रतिको दायित्व, आफ्नो स्वतन्त्रता, सामर्थ्य र शक्ति प्रति समर्पण, आफू भित्र जे लुकेको छ त्यसको अथक खोज, आफू भित्र बीजको रूपमा जे भेटिन्छ त्यसलाई पूर्णता सम्म पुर्‍याउने प्रयत्न । हरेक आफू भित्र यी सबै कुरा अन्तर गर्भित छन्। आफू भित्र हराएका कुरा अरूमा खोजेर कसरी भेटिन्छ ?

जो मान्छे विश्वासमा बाच्छन् उनीहरू मान्छे होइन, भेडा सम्मान हुन्छन् । मैले एउटा घटना सुनेको थिए, “एउटा गाउँ थियो जहाँ भेडाहरू निक्कै पाल्थे । त्यही गाउँको एउटा  स्कुल जहाँ  एउटा अध्यापक विद्यार्थी लाई गणित पढाउँदै थियो । उसले बुझ्न सजिलो होस् भन्ने हेतुले विद्यार्थी  प्रश्न सोध्यो, “एउटा खोरमा बाह्र वटा भेडा छन् छ वटा भेडा छलाङ लगाएर बाहिर निस्किए भने  खोर भित्र कति वटा भेडा रहेँ ?  एउटा बच्चाले हात उठायो; जो सबै भन्दा सानो सानो थियो । अध्यापकले भन्यो,  “हुन्छ भन।” आज तिमीले पहिलो चोटि हात उठाएको छौ ।  उसले भन्यो, “अरू प्रश्नको उत्तर जान्दैन थिए त्यसैले चुप थिए तर आज मैले जानेको प्रश्न सोध्नुभएको छ; प्रश्न फेरी एक पटक दोहोर्‍याउनुस् ! एउटा खोरमा बाह्र वटा भेडा छन् छ वटा भेडा छलाङ लगाएर बाहिर निस्के भने भित्र कति वटा भेडा वाकी रहे ?  त्यो केटाले उत्तर दियो, “छ वटा भेडा छलाङ लगाएर बाहिर निस्के भने एउटा पनि भेडा भित्र बच्दैनन् । अध्यापक रिसाउँदै फेरि भन्यो, “मैले सोधेको एउटा खोरमा बाह्र वटा भेडा छन् छ वटा भेडा छलाङ लगाएर बाहिर निस्के भने भित्र कति वटा भेडा  रहे ? यति पनि तलाइ थाहा छैन भन्दै हप्कायो । फेरि केटाले जवाफ मा भन्यो, गणित मलाइ थाहा छैन तर भेडालाई राम्रो सँग चिन्छु; मेरा घरमा भेडा छन् । यदि छ वटा भेडा निक्ले भनेँ भित्र कत्ति पनि भेडा बच्ने छैनन; सबै निक्लिने छन् ।

किनकि ! भेडा हुनु अन्तर गर्भित हुन्छ, अनुमित हुन्छ; “पछ्याउनु , दोस्रो को पछाडि जानु ।” जो मान्छे दोस्रो को पछाडि जान्छ, त्यो मान्छे आफू भित्र भेडाको आत्मा विकास गरिरहेको हुन्छ। जो कसैको अनुयायी हुन्छ ! त्यो मान्छे रहँदैन अब उसले गुमाइसक्यो आफ्नो गरिमा, गुमाइदियो गौरव, हराइदियो आफ्नो आत्मा । धर्म अनुगमन होइन , कसैको पछाडि जानु होइन, आफ्नो भित्र जानु हो । कसैको पछाडि जानु धर्म होइन आफ्नो भित्र जानु धर्म हो । आफू भित्र अरू कोही जान सक्दैन केबल आफू मात्र जान सकिन्छ । धर्म को अनुगमन पछ्याउनु सँग कुनै सम्बन्ध छैन तर यहाँ हामी यही बुझ्छौ कसैको पछाडि जानुलाई धर्म भन्छौ।

Neplan malla .

writer / author / publisher.

published : 15 July 2020

Leave a Reply

web devlopear & Graphic designer